गोदावरीबाट ब्राउन सुगरसहित १ जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीबाट ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी- १ स्थित मनहराका २० वर्षीय कमल रिजाल रहेका छन् ।

nisarga

रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार राती ५ग्राम १८० मिलिग्राम लागु औषध(ब्राउन सुगर)सहित पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।