कैलाली कारागारमा एक युवकको मृत्यु

Image
maya metro

अत्तरिया – कैलाली कारागारमा रहेका एक युवकको मृत्यु भएको छ ।

बैंकिङ कसुरमा थुनामा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिका- ५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।

nisarga

बिरामी परेपछि सोमबार राती ११ बजे सेती प्रादेशिक अस्पताल लगिएकोमा मध्यराती १२:१५ मा पालीको मृत्यु भएको सिंहले बताएका छन् ।

शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको सिंहले बताएका छन् ।