खुटिया नदीमा डुबेर एक बालकको मृत्यु

Image
maya metro

अत्तरिया – धनगढीमा खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१२ का १० वर्षीय कृष्णप्रसाद जोशीको मृत्यु भएको छ।

मंगलबार सोही वडामा पर्ने खुटिया नदीमा पौडी खेल्न गएका उनी नदीमा बेपत्ता भए।

nisarga

बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगई खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।