गोदावरी नदीको बाढीमा फसेका ६ जना भारतीयको उद्धार

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नदीको बाढीमा फसेका ६ जना भारतीयको उद्धार गरिएको छ ।

बुधबार दिउँसो गोदावरी नदीमा अकस्मात आएको बाढीमा ६ जना भारतीय नागरिक फसेका थिए ।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेती र अस्थाई प्रहरी बिट गोदावरीको टोलीले उनीहरुको डोरीको सहायताले उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

भारतको लखिमपुरबाट वनभोज खान आएका उनीहरु बाढीमा फसेका थिए ।