
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राजनितिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर संकलन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर समितिले कैलालीको अत्तरियामा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको हो ।

पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा हस्ताक्षर संकलन गरिएको रास्वपा गोदावरीका नगर सभापति दिपक ओझाले बताएका छन् ।
संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाइने उनले बताएका छन् । विभिन्न सहकारी ठगीको मुद्धा खेपिरहेका लामिछाने हाल रुपन्देही कारागारमा रहेका छन् ।
















