गोदावरी नगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरिएको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले पालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार सबै प्रक्रिया पुरा गरेकोले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताएका छन् ।

nisarga

पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, नगर भित्रका स्वास्थ्य संस्थाका प्रमुखहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

१२ वटा वडा रहेको गोदावरी नगरपालिकामा एक नगर अस्पताल तथा १७ वटा आधारभूत स्वास्थ्य केन्द्र गरि १८ वटा स्वास्थ्य संस्था रहेका छन् ।

पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणाका निम्ती योगदान पु¥याउने वडाका स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्य केन्द्रहरुलाई गोदावरी नगरपालिकाले पूर्ण खोप सुनिश्चित प्रमाणपत्र प्रदान गर्नुका साथै धन्यवाद व्यक्त गरेको थियो ।