धनगढीमा प्रहरीले थाल्यो गाजाको बोट नष्ट गर्ने अभियान

Image
maya metro

अत्तरिया – कैलालीको धनगढीमा प्रहरीले गाजाका बोट नष्ट गर्ने अभियान थालेको छ।

जिल्ला प्रहरी कार्यालयले मातहतका कार्यालय तथा चौकीसँगको समन्वयमा गाजाका बोट उम्रिएको क्षेत्रमा नष्ट गर्ने अभियान बुधवारदेखि थालेको छ।

nisarga

बुधवार धनगढी–३ को तिल्केताल क्षेत्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक धामी, त्रिनगर प्रहरी चौकीका प्रहरी प्रहरी वरिष्ठ नायब निरीक्षक समुन्द्र पन्तसहितको टोलीले गाजाका बोट फाडेर नष्ट गरेको जनाएको छ।

बढ्दो लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत गाजाका वोट नष्ट गर्ने काम थालिएको प्रहरीले जनाएको छ।