
अत्तरिया – कृषि ज्ञान केन्द्र कैलालीले मोहन्याल गाउँपालिकामा धान दिवस मनाएको छ । केन्द्रले मोहन्यालको वडा नम्बर- ३ का स्थानीयको खेतमा रोपाइँ गरेर २२ औं धान दिवस मनाएको हो ।
दिवसमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्ट लगायत कृषि संग सम्बन्धित संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश स्तरीय भिमदत्त उत्कृष्ट कृषकमा छनोट भएका तीन जनालाई नगदसहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले नेपालका अधिकांश मानिसको पेशा कृषि भएकोले कृषिमा लगानि बढाउनु आवश्यक रहेको बताए ।
उनले कृषि पेशालाई आधुनिकीकरण गर्नुका साथै किसानलाई समयमै मल र पानीको व्यवस्थापन गराउन सके उत्पादन बढाउन सकिने बताए ।















