कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।

वेदकोट नगरपालिका–३ को दैजीमा मंगलवार सुदूरपश्चिम प्रदेश ०४००१ च ००१३ नम्बरको बोलेरो जिपको ठक्करबाट दिपेन्द्र चन्दको मृत्यु भएको हो।

nisarga

चन्द भीमदत्त नगरपालिका–१५ का चन्द दैजीमा डिआरएस ट्रेडर्स सञ्चालन गर्दै आएका थिए।

चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो तर उपचारका क्रममा राति १०ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।