
बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वा टोलमा बुधवार दिउँसो श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
बच्चा मियाँले २३ बर्षीया श्रीमती सहिना खातुनको टाउको र घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

हत्या गर्ने श्रीमान् बच्चा मियाँलाई नियन्त्रणमा लिइएको बाराको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
















