
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ स्थित बुढीतोलामा रहेको फोर्ट हिस्टोरिक पार्क निर्माण गरिएको छ ।
व्यवसायी अशोक मल्लले निर्माण गरेको यो पार्क भिमदत्त राजमार्गबाट करिब ५ मिनेटको पैदल दुरीमा लक्ष्मी माध्यमिक विद्यालयको नजिकै डाँडामा शान्त र एकान्त ठाँउमा रहेको छ ।

यहाँबाट धनगढी लगायत कञ्चनपुरको दृश्यहरु देख्न सकिन्छ । १ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण गरिएको यो हिस्टोरिक पार्कमा पिकनिक स्पोट समेत बनाइएको छ ।
यहाँको सङ्ग्रहालयमा लोप हुँदै गएका र पछिल्लो पुस्ताले बिर्सिदै गएका वस्तुहरु राखिएको छ भने बाहिर पनि कुवा, नौलालगायतका संरचनाहरु निर्माण गरिएको छ ।
घट्ट पनि निर्माणको तयारी रहेको छ । सार्वजनिक बिदाको दिनमा यो पार्क अवलोकनका लागि थुप्रै व्यक्तिहरु पुग्ने गरेको बताइएको छ ।






















