
अत्तरिया – हिमालयन बैंक अत्तरिया शाखाले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ ।
बैंकले आज संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सेभ हाउसलाई सहयोग गरेको हो ।

महिला तथा बालबालिका सेभ हाउसका सचिव तिलकराज जोशीले बैंकले सेभ हाउसमा आश्रित बालबालिकाहरुलाई खाद्यान लगायतका सामग्री सहयोग गरेको बताएका छन् ।
















