धनगढी उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Image
maya metro

अत्तरिया – धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। आइतबार एक कार्यक्रम गरी उपमहानगरलाई पूर्णखोप पालिका तथा दिगोपना घोषणा गरिएको हो।

२०८१ फागुनदेखि २०८२ बैशाखसम्म गरिएको घरधुरी सर्वेक्षणको नतिजाको आधारमा पूर्ण खोपसुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

nisarga

घर धुरी सर्वेक्षण गर्दा धनगढी उपमहानगरपालिका भित्र १६ देखि ५९ महिनासम्मका बालबालिका संख्या ८ हजार २१० रहेकोमा यी मध्ये कुनै पनि खोप नलगाएका बालबालिका ५ र ड्रप आउट भएका ५९जना जनालाई १५ महिनासम्मको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चितता र

दिगोपना घोषणा गरिएको शाखा प्रमुख अवस्थीले बताए। सम्पूर्ण बालबालिकाले खोप पाएको सुनिश्चितता गरिएपछि प्रत्येक वडालाइ पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाण पत्र प्रदान गरिएको थियो।