
अत्तरिया – कैलाली र कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनीहरूबाट प्रहरीले खैरो हेरोइन, विभिन्न प्रतिबन्धित औषधीय एम्पुल तथा सिरेन्ज समेत बरामद गरेको हो।

प्रहरीका अनुसार, कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित मुडाबजार चोकबाट मंगलबार सोही गाउँपालिका–१ का ३४ वर्षीय अरुण बादीलाई शंका लागि चेकजाँच गर्दा खैरो हेरोइन जस्तो देखिने १६० मिलिग्राम लागूऔषध फेला परेको थियो।
उनलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
















