
अत्तरिया – कैलालीको गोदावरी नदीमा महिलाको शव फेला परेको छ ।
बुधबार दिउँसो ३ बजेको समयमा गोदावरी- २ स्थित तेघरी सामुदायिक वन क्षेत्रमा पर्ने गोदावरी नदीमा अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शवको पहिचान नखुलेको र बाढीले बगाएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















