गोदावरी नदीमा फेला परेको शवको पहिचान भएन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नदीमा फेला परेको शवको पहिचान अझै हुन सकेको छैन् ।

बुधबार दिउँसो ३ बजेको समयमा गोदावरी- २ स्थित तेघरी सामुदायिक वन क्षेत्रमा पर्ने गोदावरी नदीमा अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको थियो ।

nisarga

उत्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएपनि पहिचान अझै हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।