
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ स्थित अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती मनाएको छ ।
आइतबार अत्तरिया बजारमा प्रभातफेरिसहित नगर स्तरिय कविता प्रतियोगिताको आयोजना गर्दै पुस्तकालयले २१२ औं भानु जयन्ती मनाएको हो ।

कविता प्रतियोगितामा विभिन्न विद्यालयका १० जना विद्यार्थी सहभागी भएका थिए ।
पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभाअध्यक्षतामा सो अवसरमा आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थियो ।
कार्यक्रममा भाषा,सहित्य तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुसहित विभिन्न संघ संस्थाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार















