
अत्तरिया – राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लिला बास्कोटा सम्मानित भएका छन् ।
बर्दीयाको ठाकुरबाबा नगरपालिकामा रहेको ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले आइतबार २१२ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बास्कोटालाई सम्मान गरेको हो ।

कुशल नेतृत्वको माध्यमबाट लामो समयदेखि नेपाली कला,साहित्य र संस्कृतिको क्षेत्रमा बास्कोटाले पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठानले बास्कोटालाई सम्मानित गरेको हो ।
कैलालीको अत्तरियामा बसोबास गर्दै आएका बास्कोटा शिक्षण पेशामा समेत आवद्ध रहेका छन् ।














