गोदावरीको बिजौरामा शनीबार आँखा शिविर सञ्चालन हुँदै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ स्थित बिजौरामा शनीबार आँखा शिविर सञ्चालन हुने भएको छ ।

बडेहाँ बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र भागेश्वर आधारभूत विद्यलायले नेपाल नेत्र ज्याती संघ गेटा आँखा अस्पतालको सहयोग तथा मैतेरी साइनो युवा क्लबको सह आयोजनामा आँखा शिविरको आयोजना गर्ने भएको छ ।

nisarga

आँखा शिविर आयोजना गर्ने भएका हुन् । बिजौरामै रहेको  भागेश्वर आधरभूत माध्यमिक विद्यालयको प्राङ्गणमा पर्सी (शनीबार) बिहान ८:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सञ्चालन हुने बडेहाँ बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चेतराज पन्तले बताएका छन् ।

उक्त शिविरबाट लाभ लिन उनले सबैलाई आग्रह गरेका छन् ।