गोदावरीको बिजौरामा सञ्चालन भएको आँखा शिविरमा ८६० जनाको आँखा जाँच

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– १ स्थित बिजौरामा आँखा शिविर सम्पन्न भएको छ ।

शनीबार बडेहाँ बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र भागेश्वर आधारभूत विद्यालयले नेपाल नेत्र ज्याती संघ गेटा आँखा अस्पतालको सहयोग तथा मैतेरी साइनो युवा क्लबको सह आयोजनामा आँखा शिविरको आयोजना गरेका थिए ।

nisarga

उक्त शिविरमा ५९२ जना महिला र २६८ जना पुरुष गरि ८६० जनाले सेवा लिएको बडेहाँ बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चेतराज पन्तले बताएका छन् ।

जसमध्य ६० जनामा मोतिबिन्दुको समस्या देखिएको छ भने ३५० जनालाई चस्मा र ५०० जनालाई औषधी प्रदान गरिएको छ ।