कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर- ७ पीताम्बर निवासी ४४ वर्षीय गजेन्द्र बहादुर कुँवर रहेका छन् ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर- ११ स्थित बनरा पुल नजिकै पूर्व पश्चिम राजमार्गमा आज दिउँसो धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा कुँवर गम्भीर घाइते भएका थिए ।

nisarga

कुँवरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा आजै बेलुकीको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।