कैलालीमा दुई लाख ३१ हजारका अवैध सामान बरामद

Image
फाइल फोटो
maya metro

धनगढी – कैलालीमा दुई लाख बढिका अवैध सामान बरामद गरिएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ३ मिलनचोक, भजनी नगरपालिका वडा नं. ७ हिक्मतपुर घाट, र टिकापुर नगरपालिका वडा नं. ८ भैयाबाडा स्थित मोहना नदी किनारबाट अबैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामग्रीहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारेका सामग्रीहरूको अनुमानित मूल्य २ लाख ३१ हजार रहेको छ। बरामद गरिएका सामग्रीहरूमा चिनी, बिडी, सुर्ती, साडी, कुर्ता सुरवाल, धोती लगायतका वस्तुहरू रहेका छन्।

प्रहरीले हाल उक्त वस्तुहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।