कैलाली कारागारमा कैदीबन्दीबीच फेरि कुटाकुट, पाँच जना घाइते

Image
maya metro

अत्तरिया – कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कुटाकुट क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

nisarga

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवाका क्रममा विवाद भएको हो ।।