
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– २ अत्तरियामा होटेल व्यवसाय गर्दै आएका पदम दियालको १५ औँ दिनको पुण्य तिथिमा होटेल व्यवसायीहरूले शोक व्यक्त गरेका छन् ।
होटेल व्यवसायी महासङ्घ नेपाल र गोदावरी होटेल व्यवसायी सङ्घ गोदावरीका प्रतिनिधिहरूले दियालको मृत्युमा शोक व्यत्त गरेका हुन् ।

होटेल व्यवसायी महासङ्घ नेपालकी केन्द्रीय उपाध्यक्ष धना देवी चोखाल, गोदावरी होटेल व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मण धामीसहित प्रतिनिधिहरू दियालकी धर्मपत्नी र परिवारलाई भेट्न आइतबार घरमै पुगेका थिए ।
दियालको ४९ वर्षको उमेरमा गत साउन १७ गते निधन भएको थियो ।















