एमालेको सदस्यता २८ प्रतिशतले वृद्धि भएको छ : महासचिव पोखरेल

Image
maya metro

अत्तरिया – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको सदस्यता २८ प्रतिशतले वृद्धि भएको बताएका छन् ।

सोमबार (आज) कैलालीको अत्तरियामा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पार्टीको सदस्यता २८ प्रतिशतले वृद्धि भएको बताएका हुन् ।

nisarga

मूलधारका राजनीतिक पार्टीहरूमा जनताको आकर्षण घट्यो भनेर सामाजिक सञ्जालमा गलत प्रचार गर्न थालिएको पोखरेलले बताए ।

“कतिपय मान्छेहरूले मूलधारका राजनीतिक पार्टीहरूमा जनताको आकर्षण घट्यो भन्ने कुरा गर्दछन्, त्यो चाहिँ तथ्यमा आधारित भन्दा पनि सोसल मिडियामा आधारित हो । प्रचारबाजी ज्यादा देखिन्छ तर यथार्थता परिस्थिति फरक छ । पोखरेलले भने ।”