
अत्तरिया – नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल धनगढी पुगेका छन् ।
डडेल्धुरा र डोटीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री पौडेल आज दिउँसो ३:३५ को श्री एयरलाइन्सको फ्लाइटमार्फत धनगढी विमानस्थल आइपुगेका हुन् ।

विमानस्थलबाट सिधै नेपाली कांग्रेसको पार्टी कार्यालय धनगढी पुगेका मन्त्री पौडेलले नेता कार्यकर्तासंग भेटघाट गरिरहेका छन् । उनी भोलि बिहान ८ बजे डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।
मन्त्री पौडेलले आज गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको थियो ।
तर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहानैदेखि विरोध जनाएपछि उक्त कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ ।
तर अस्पताल प्रशासनले भने छलफलमै रहेको बताएको छ ।














