
अत्तरिया – कैलालीको अत्तरियामा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा अत्तरियाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
आज (शनिवार) परेको विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाले रक्तदान जीवनदान शिविर २०२५ को आयोजना गरेको हो ।

उक्त रक्तदान कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले रक्तदान जस्तो पुण्य कार्यक्रमको आयोजना गरेकोमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियालाई धन्यवाद व्यक्त गरे ।
यस विश्वविद्यालयले समाजलाई सकारात्मक क्षेत्रतर्फ डोर्याउन महत्वपूर्ण भुमिका खेलिरहेको उनले बताए ।
भदौ ९ गते परेको राज योगिनी दादी प्रकाशमणिको १८ औँ पुण्य तिथि विश्वविद्यालयका देशैभरका शाखाहरुले विविध कार्यक्रम गरि मनाउँदै छन् ।
एक थोपा रगत अनन्त आर्सीवाद भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रेडक्रसको सहयोगमा अहिले विश्वविद्यालयको हलमा रक्तदान कार्यक्रम चलिरहेको छ । दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम चल्नेछ ।















