सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको शिक्षिका नृत्य प्रतियोगिता सम्पन्न 

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको शिक्षिका नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शनिवार कैलालीको अत्तरियामा आयोजना गरेको शिक्षिका नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघ राज खड्का प्रमुख अतिथि रहेका थिए ।

प्रतियोगितामा सत्यवती एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिवार कैलालीको अत्तरियामा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सत्यवतीले नगद १५ हजार पुरस्कार हात पारेको छ । त्यस्तै वाल्मीकि इन्टरनेशनल स्कुल धनगढी र सक्षम पाठशाला अत्तरियाले द्दितिय स्थान हासिल गरेका छन् ।

nisarga

उनीहरूले नगद १०/१० हजार पुरस्कार प्राप्त गरेका छन् भने कञ्चनपुरको गुलरिया स्थित कञ्नजंगा माविले तृतीय स्थान हासिल गर्दै नगद ७ हजार पुरस्कार प्राप्त गरेको छ ।  प्रतियोगितामा १४ विद्यालय सहभागी भएका थिए । कार्यक्रममा प्रतिष्ठानद्वारा ८ जना महिला सम्मानित भएका छन् । विभिन्न क्षेत्रमा काम गर्दै आएका ८ जना महिलालाई प्रतिष्ठानले सम्मानित समेत गरेको हो ।

सम्मानित हुनेहरुमा गोदावरी नगरपालिकाकी पूर्व नगर उप प्रमुख रत्ना कडायत, सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर, सत्यवती एकेडेमीकी प्रिन्सिपल यसोदा ध्याडी कडायत, भजन गायिका नगरमाया कार्की, समता स्कुलकी प्रिन्सिपल रितु पाण्डेय शाहु, स्वास्थ्यकर्मी उषा बलमपाकी,शिक्षक माया पनेरु जोशी र सञ्चारकर्मी बिना शाही रहेका छन् ।

विभिन्न क्षेत्रमा काम गरेका यी महिलाहरूलाई सामाजिक योगदानका आधारमा सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा एभरेस्ट एकेडेमी र गुरुकुल इन्सिच्युटले सहकार्य गरेका थिए ।