
अत्तरिया – नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।
शनिवार पार्टी कार्यालय वन खेतमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरि सिंह साउँदको प्रमुख आतिथ्ययतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा गोदावरी नगर इन्चार्ज खम्म बुढा, प्रदेश सदस्य भान सिंह विक, दामोदर रिजाल, कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, उप सचिव गङ्गा चौधरी लगायत जिल्ला सल्लाहकार संयोजक, जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।
बैठकमा विधान मस्यौदा संशोधनको विषयमा केन्द्रीय कमिटीले गरेको निर्णयलाई हुबहु समर्थन गर्ने निर्णय भएको पार्टीका गोदावरी नगर कमिटी अध्यक्ष सन्तोष सिंहले बताएका छन् ।
















