स्याउलेमा आजदेखि गौरा पर्व विशेष मेला सुरु हुँदै, तयारी पुरा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ८ स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि गौरा पर्व विशेष मेला सुरु हुने भएको छ ।

भदौ २१ गतेसम्म चल्ने मेलाको आज दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीले बताएकी छिन् ।

nisarga

मेलामा विभिन्न ठाउँका चर्चित डेउडा कलाकारहरूको पनि उपस्थिति रहने समितिले जनाएको छ ।

मेलामा १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने संयोजक बिनाडीले बताएकी छिन् ।

सहभागी भइ मेला सम्पन्न गर्न सहयोग गरिदिन समितिले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।