गोदावरी- ४ को नवकुञ्ज शिव मन्दिरमा गौरा पर्व विशेष मेला सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ४ स्थित नवकुञ्ज शिव मन्दिरमा आजदेखि गौरा पर्व विशेष मेला सुरु भएको छ ।

सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराको अवसरमा आज देखि सुरु भएको उक्त मेला भदौ २० गतेसम्म चल्ने बताइएको छ ।

nisarga

नवकुञ्ज शिव मन्दिर र डेउडा संस्कृति संरक्षण प्रतिष्ठान धनगढीले मेलाको आयोजना गरेको हो ।

भोलि दिउँसो १ बजेदेखि नै मन्दिर परिसरमा डेउडा खेलिने भएकोले उपस्थितिका मन्दिरले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।