
अत्तरिया – कैलालीमा बसले मोटरसाइकललाई ठोक्कर दिदा डडेल्धुराका एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडघोडी नगरपालिका–४ सिमथरीमा ना ६ ख ८४५४ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका–४ भलकुडाका ३१ वर्षीय दर्शनसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनकाे घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको थियोे । बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।














