गोदावरीमा लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटामा लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । ज्वाला देवी युवा क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको आज (बुधबार) एक कार्यक्रमका बिच गोदावरी नगरपालिका- ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले रे उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मल्लले अनुशासित भएर खेल खेल्न आग्रह गरे ।

उनले खेलका माध्यमबाट युवाहरुलाई सकारात्मक क्रियाकलाप जोड दिन सकिने बताए । उद्घाटनको पहिलो खेल सि वाई सी क्रिकेट एकेडेमी अत्तरिया र व्हाइट बल क्रिकेट बीच भएको छ । ज्वाला देवी युवा क्लबका सचिव खेम जोशीको सभापतित्वमा उद्घाटन गरिएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

nisarga

प्रतियोगितामा लिग चरणमा खेलहरु खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमलाई ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमलाई २० हजार नगद सहित ट्रफी, मेडल प्रमाण पत्र, प्रदान गरिने छ ।

यस्तै उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लवले जनाएको छ । यहि भदौ २८ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् ।