अव्यवस्थित रुपमा प्रयोग भइरहेका ६ सवारी साधन गोदावरी नगरपालिकालाई फिर्ता

Image
maya metro

अत्तरिया – अव्यवस्थित रुपमा प्रयोग भइरहेका ६ सवारी साधन कैलालीको गोदावरी नगरपालिकालाई फिर्ता गरिएको छ ।

वडा नम्बर- १ को कार्यालय, वडा नम्बर- ११ को कार्यालय, नगरपालिकाको फोहोर व्यवस्थापन शाखा, स्वास्थ्य शाखा र प्रशासन शाखाले एकएक थान मोटरसाइल र नगर मनोपरामर्सदाताले एक थान स्कुटर फिर्ता गरेको नगरपालिकाको जिन्सी शाखाले जनाएको छ ।

nisarga

गोदावरी नगरपालिकाले असोज २० गते सबै वडा कार्यालयहरु, मालाखेती अस्पताल, स्वास्थ्य सेवा केन्द्र र कृषि–पशुपन्छी उपचार केन्द्रलाई पत्र पठाउँदै अव्यवस्थित रुपमा प्रयोग भइरहेका दुई पाङ्ग्रे सवारी साधन तीन दिनभित्र  बुझाउन निर्देशन दिएको थियो ।