
अत्तरिया – कैलालीको गाेदावरी नगरपालिका-४ अत्तरियाकाे शुभम हाेटलमा खाना खाइरहेका बेला डडेल्धुराका गाैरव ऐरमाथि चक्कु प्रहार गरेकाे घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीकाे टाेलीले भारततर्फ भागिरहेकाे अवस्थामा धनगढी उपमहानगरपालिका-२ का सन्नी नेपालीसहितका १० जनालाई गएराती पक्राउ गरेकाे हाे ।

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट पक्राउ गरिएको थियोे । पक्राउ परेका १० जना नै भारततर्फ भागिरहेका थिए ।
डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय ऐरमाथि आइतबार राति चक्कु प्रहार गरिएको थियाे । उनलाई उपचारका लागि भारत लगिएकाे छ ।