
अत्तरिया – कैलालीको अत्तरियामा अपाङ्गता भएका १८ जनालाई तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ ।
बुधबार परिलक्षित संस्थाले फेल्म नेपालको आर्थिक सहयोग तथा गोदावरी नगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाका अपाङ्गता भएका १२ जनाका अभिभावकसहित १८ जनालाई तरकारी खेती सम्बन्धि १ दिने तालिम प्रदान गरेको हो ।

तालिममा गोदावरी नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले प्रशिक्षण गरेकी थिइन् । साथै अपाङ्गता भएका १२ जनालाई बिउ बिजनसहित कृषि सामग्री पनि हस्तान्तरण गरिएको परिलक्षित संस्थाकी फिल्ड कार्यक्रम अधिकृत पुष्पा रोकायाले बताइन् ।
उनीहरुलाई आलुको बीउका साथै सानो मोटर, सानो पाइप, ठूलो पाइप, टर्नेल, फरुवा, कुटो, कोदालो, दाँते, , पानी राख्ने ड्रम, औषधि छिट्ने ट्याङ्की, हजारी, डिजिटल तराजु, मालचिङ पलास्टिक, स्प्रे टेन्की, ग्रिन नेटलगायत किसानको माग अनुसारको सामान वितरण गरिएको हो ।
गोदावरी- २ रिङ्गरोडस्थित परिलिक्षितको कार्यालयमा आयोजना गरिएको तरकारी खेती सम्बन्धि तालिम तथा कृषि सामग्री पनि वितरण कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर- २ का वडा सदस्य डबल बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा परिलक्षितकी फिल्ड कार्यक्रम अधिकृत रोकायाले संस्था तथा कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् ।















