
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित बल्मीमा आयोजित महिला फुटबलको उपाधी आयोजकले हात पारेको छ । बिहिवार क्लबको मैदानमा आयोजित फाइनल खेलमा सैपाल युवा क्लबलाई २-१ ले हराउँदै आयोजक बल्मी युवा क्लबले उपाधी हात पारेको हो ।
उपाधी जितेसंगै बल्मी युवा क्लबले ३० हजार नगद संगै, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उप विजेता बनेको सैपाल युवा क्लबले १५ हजार नगदसंगै ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

क्लबका अध्यक्ष राम साउँदको सभाअध्यक्षतामा भएको समापन कार्यक्रममा शिव पार्वती सामुदायिक वनका अध्यक्ष केशरसिंह श्रीमाल प्रमुख आतिथी रहेका थिए ।
समापन कार्यक्रममा आफ्नो भनाई राख्दै क्लबका अध्यक्ष साउँदले महिलाहरुलाई खेल क्षेत्रमा अवसर दिनुपर्छ भन्ने उदेश्यले क्लबले महिला फुटबल प्रतियोगिताको आयोजना गरेको बताए । खेलको अन्तिम समयमा विवाद सिर्जना भएपछि शुक्रबार अन्तिम नतिजा घोषणा गरिएको हो ।
असोज २६ गतेदेखि सुरु भएको प्रतियोगतामा ९ वटा सहभागी बनेका थिए । शिव पार्वती सामुदायिक वनले मुख्य प्रायोजन गरेको प्रतियोगितामा विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए ।















