थ्रीडिभीएल बहुउदेश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ मा रहेको थ्रीडिभीएल बहुउदेश्यीय सहकारी संस्थाको चौथोे वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनीवार संस्थाका अध्यक्ष दिपकराज ओझाको सभा अध्यक्षता तथा गोदावरी नगरपालीकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

nisarga

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ओझाले गत असार मसान्तसम्म १४ लाख ८८ हजार २ सय शेयर पुँजी पुगेको बताए ।

त्यस्तै बचततर्फ ८८ लाख ८० हजार ९ रुपैँया र लगानीतर्फ ८१ लाख ६६ हजार ६६१ रुपैँया रहेको ओझाले बताए । गत आर्थिक वर्ष २०८१ ८२ मा संस्थाले ७ हजार १६४ रुपैँया खुद नाफा आर्जन गरेको छ ।

सामाजिक संस्था थ्रीडिभीएल क्रियसनमा आवद्ध युवाहरुले स्थापना गरेको थ्रीडिभीएल बहुउदेश्यीय सहकारी संस्थाले युवाहरुलाई स्वरोजगार बनाउने उक्त सहकारीले मुख्य लक्ष्य राखेको छ ।

चार वर्षको अवधीमा संस्थाले १ करोड २३ लाख भन्दा माथि कारोबार गरेको छ । साधारण सभामा उपस्थित शेयर सदस्य तथा अतिथिहरुलाई संस्थाले मायाको चिनोको रुपमा मल र तरकारीको बिउ प्रदान गरेको थियो ।