यस्तो रहनेछ आजको मौसम

Image
maya metro

काठमाडौं – देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

nisarga

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।