अत्तरिया–चिसापानी सडकखण्ड टालटुल गरिँदै

Image
maya metro

अत्तरिया – पूर्वपश्चिम राजमार्ग अन्तरगत अत्तरिया–चिसापानी सडकखण्ड टालटुल गर्न लागिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले अत्तरिया–चिसापानी सडकखण्ड टालटुल गर्न लागेको हो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर प्रकाश खड्काले अत्तरियादेखि चिसापानीसम्म तीन खण्डमा विभाजन गरेर सडक टालटुल गर्न लागिएको बताए ।

nisarga

खड्काका अनुसार अत्तरिया–चौमाला, चौमाला–सुखड र सुखड–चिसापानी गरी तीन खण्डमा विभाजन गरेर टालटुलको काम भइरहेको हो । हाल अत्तरिया चौमाला खण्डको मात्रै काम सुरु गरिएको खड्काले बताए ।

अत्तरिया–चौमाला खण्डमा भएका खाल्डाखुल्डी टालटुल गर्न मूल्य अभिवृद्धी कर बाहेक २९ लाख ३६ हजारमा काफली कन्सट्रक्सनसंग गत असोजमा ठेक्का सम्झौता भएको खड्काले बताएका छन् ।

चौमाला–सुखड र सुखड–चिसापानी सडकखण्डमा भने मर्मतको प्रक्रिया सुरु नभएको खड्काले बताएका छन् ।

देशकै मुख्य राजमार्ग पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डीका कारण सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ ।

सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्दै आएको छ । यहि सडकखण्डमा गत असारमा पनि सडक डिभिजन कार्यालय महेन्द्रनगरले खाल्डाखुल्डी टालटुल गरेको थियो ।

व्यवस्थित राख्नुपर्ने देशको मुख्य राजमार्गमा खाल्डाखुल्डीका कारण सवारीसाधन सञ्चालन गर्न कठिना हुनुका साथै यात्रुहरुले सास्ती खेप्दै आएका छन् । वर्षेनी यसरी हालिने टालाटुलीले सडक कुरुप समेत देखिने गरेको छ ।