सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला आज

Image
maya metro

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज लाग्दैछ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्ने गर्दछ।

आज दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार ) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ।

nisarga

उग्रतारा मन्दिर डडेलधुरा जिल्ला सदरमुकाम भन्दा पाँच किमिको दुरीमा अवस्थित छ।

अमरगढी नगरपालिका–८ मा पर्ने मन्दिर क्षेत्र डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्गको डकले रातागुन भन्दामाथि डाँडोमाथि छ। उग्रतारा देवीका मूल पुजारी साँकी थरका क्षेत्री हुन्।

भगवती देवीका आफ्ना धामी पनि छैनन्। भूमिराज देउताका मुख्य धामी नै उग्रतारा देवीका धामीका रूपमा लिइन्छ।