गोदावरीको सानभी इटा उद्योगमा चोरी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीको एक इटा उद्योगमा चोरी भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १स्थित सानभी इटा उद्योगमा गएराती चोरी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

उद्योगबाट कम्प्युटर १ थान,माेवाईल १ थान, प्रिन्टर १ थान , टुलबक्स २ थान, स्क्यानर १ थान र सिसिटिभी १ सेट चोरी भएको हो ।

केही व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।