सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनीमाथि ७ विकेटको जित

Image
maya metro

लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भएको छ। यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए।

दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान १८/१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान ६/६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए।

nisarga

बलिङतर्फ सुदूरपश्चिमका लागि अविनास बोहरा र हर्मित सिंहले समान तिन/ तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे।

१४५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको सुदूरपश्चिमले १८.२ ओ‍भरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक  ६९ रन र हर्मित सिंहले अन्तिम बलमा छक्का हान्दै  सात रनमा नटआउट रहे। आरिफ शेखले ३९ रन बनाउँदा, क्रिश लिन १६ , जोश ब्रोन ९ रनमा आउट भए।

लुम्बिनीका लागि रुवेन ट्रुम्पेलमन, तिलक भण्डारी, अभिशेष गौतमले समान एक एक विकेट लिए।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा यसअगाडि तीन खेलमा लुम्बिनीले एउटा मात्र जितेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चार जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ।