
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।
नगरस्तरिय अपाङ्ग कार्य सञ्जालले विविध कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको हो । सञ्जालले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो ।

सञ्जालका अध्यक्ष लक्ष्मण विकले दिवस गोदावरी- २ मा रहेको सुप समावेशी आधारभूत विद्यालयमा मनाउने बताए ।
दिवसको अवसरमा ह्विलचियर दौड, हाँजिरी जवाफ, व्यक्तित्व कला, अत्तरिया चोकमा दिप प्रज्वलन,अत्तरिया बसपार्कमा सरसफाई कार्यक्रमको आयोजना गरिने बताए ।
उनले अन्तिम दिनमा सुप समावेशी विद्यालयको प्राङ्गणमा एक औपचारिक समारोहको आयोजना गरिने बताएका छन् । यहि मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस राष्ट्रिय मनाइँदै छ ।















