
अत्तरिया – आज ३४ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
सोही अवसरमा गोदावरी नगरस्तरिय अपाङ्ग कार्य सञ्जालले कैलालीको अत्तरियामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा सञ्जालले अन्य विविध कार्यक्रमको आयोजना पनि गरेको छ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ ।
यस वर्ष ‘अपांगता भएका व्यक्तिहरूको ‘अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको संवद्र्धन’ मूल नारासहित सो दिवस मनाइएका छन् ।

















