१६ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी दुर्गालक्ष्मी नमूना माविलाई

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय अत्तरियाले हात पारेको छ ।

दुर्गालक्ष्मीमै मंसिर १६ गतेदेखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माविले १८ स्वर्ण १३ रजत र २३ कास्य सहित जम्मा ५३ पदकसहित उपाधी हात पारेको हो ।

nisarga

प्रतियोगितामा १२ स्वर्ण १५ रजत र २० कास्य सहित सैनिक आवासिय महाविद्यालय तेघरीले दोस्रो स्थान हाँसिल गरेको छ । त्यस्तै ९ स्वर्ण, ४ रजत र ३ कास्य सहित दुर्गा भवानी मावि हरैया तेस्रो भएको छ ।

२१ संस्थागत तथा २२ सामुदायिक गरि नगरका ४३ ओटा विद्यालय सहभागी प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र १०१ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा २४ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् ।

बिहिबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासन पुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै आगामी वर्ष नवज्योति मावी मालीका टोलले प्रतियोगिता आयोजना गर्ने भएको छ ।