
अत्तरिया – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलाली–४ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ७ जना उम्मेदवारले इच्छा व्यक्त गरेका छन्।
आइतबार र सोमबार इच्छुक उम्मेदवारहरूले तोकिएको शुल्क तिरेर क्षेत्रीय कार्य समिति समक्ष उम्मेदवारी दर्ता गरेका हुन्।

क्षेत्रीय सभापति बसन्त रोकायाका अनुसार प्रतिनिधि सभा तर्फ वीर बहादुर बलायर, लोकराज पाण्डे “आगो”, दिनेशराज जोशी, टेकराज जोशी, नैन सिँ महर र भुवन महरा (युवा प्रतिनिधि)ले उम्मेदवारी दर्ता गरेका हुन्।
त्यस्तै राष्ट्रिय सभा का लागि ३ जना, डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा दत्त भट्टले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै समानुपातिक तर्फ ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
यज्ञनिधि कोइराला, जानकी पाल, खडक सिँ बडैला, गोपाल बहादुर देउबा, गंगा कामी र रमेश ताम्राकारले समानुपातिक तर्फ उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको परिपत्र अनुसार कैलाली–४ ले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा तर्फका उम्मेदवार दर्ता गर्न आह्वान गरेको थियो। सभापति रोकायाले अब मंगलबार इच्छुक सबै उम्मेदवारबीच छलफल हुने र त्यसपछि मात्र अन्तिम निर्णय गरिने बताए।















