दुई बर्ष पछि आजदेखि अत्तरियामा महोत्सव सुरु हुँदै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अत्तरियामा दुई बर्षपछि महोत्सव आज (बुधबार) देखि सुरु हुँदैछ । महोत्सवको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले गर्ने भएका छन् । सृजनशील युवाहरुको जोश–जाँगर सहित हुन लागेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सवले अत्तरियाको आर्थिक कारोबारमा वृद्धि हुने आयोजकले अपेक्षा गरेको छ ।

न्यु सृजनशील युवा क्लबको आयोजनामा आज देखि सुरु भएको होत्सव १९ गतेसम्म सञ्चालन हुनेछ । अत्तरिया पूर्वरोड स्थित खुला मैदानमा सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आयोजना हुने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

nisarga

महोत्सवमा स्थानीय कला, संस्कृति, पर्यटन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको १८० भन्दा बढी स्टल रहेका छन् । महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति, बाल उद्यान, मनोरञ्जनात्मक मेला तथा थारु गाउँको विशेष प्रदर्शनी रहेको छन ।

थारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परागत खानालाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । महोत्सवको मञ्च कार्यक्रमलाई आकर्षक बनाउँदै दुर्गेश थापा, पल शाह, समीक्षा अधिकारी, एलिना चौहान, चक्र बम, प्रभात पाल ठकुरी लगायत चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवका संयोजक नरबहादुर राईले अत्तरियालाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्नु, स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्नु, युवाहरूको सृजनशीलतालाई मञ्च प्रदान गर्नु तथा सामुदायिक एकता सुदृढ गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उल्लेख गरेका छन् । महोत्सवमा स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवद्र्धनसम्बन्धी सूचना स्टलहरू समेत रहनेछन् । महोत्सवमा प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र साधारण दर्शकका लागि १०० रुपैयाँ तोकिएको छ ।

यस वर्ष महोत्सव आयोजना स्थल पूर्वको लामितालबाट सारेर बजार नजिकको खुला चौरमा गरिएको छ । जसले दर्शकको सहभागिता बढाउने अपेक्षा गरिएको छ । अत्तरियामा दशकभन्दा बढी इतिहास बोकेको यो महोत्सव नक्कली ठेली विवादलगायत कारणले पछिल्ला दुई वर्ष आयोजना हुन सकेको थिएन ।