पिएफए भेट्रान्स कपको सातौं संस्करण पुस १५ गतेदेखि

Image
maya metro

अत्तरिया – पिएफए भेट्रान्स कपको सातौं संस्करण पुस १५ हुने भएको छ । पिएफए स्पोर्टस क्लवद्वारा आयोजित पिएफए भेट्रान्स कपको सातौं संस्करणको मिति शनीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका महासचिव सिद्ध बोहराले खेल टि ट्वान्टी फरम्याटमा खेलाइने बताए । पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा एलबीडब्लू बाहेक आइसिसिका सबै नियमहरु लागु हुने भन्दै उनले खेल लिगअफ नकआउट चरणमा खेलाईने बताए ।

nisarga

प्रतियोगितामा प्लेइङ ११ भित्र बढिमा ४ जना खेलाडी ३२ वर्ष उमेर पुरा भएको र अन्य खेलाडी ३५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ जस मध्ये २ जना खेलाडी ४० वर्ष उमेर पूरा भएको अनिवार्य हुनुपर्ने छ ।

खेल अवधिमा कनै विवाद आएका निणायक मण्डल र आयोजकको निर्णय नै अन्तिम हुनेछ । खेल दौरान कुनैपनि खेलाडीलाई चोटपटक लागेमा प्राथमिक उपचार वाहेक अन्य उपचारको जिम्मा टिम वा खेलाडीले स्वयम् लिनुपर्ने आयोजकले बताएको छ । ८ वटा टिम सहभागी भएको
प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २५ हजार नगदसहित मेडल,ट्रफि र प्रमाण–पत्र रहेको छ भने द्वितिय पुरस्कार ६५ हजार नगद मेडल प्रमाण–पत्र रहेको छ ।

त्यस्तै म्यान अफ द सिरिजलाई नगद पन्ध्र हजार, ट्रफि प्रमाण–पत्र उपलब्ध गराइनेछ भने बेस्ट ब्याट्स म्यान र बेस्ट बलरलाई नगद दस हजार ट्रफि प्रमाण–पत्र प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै पिएफए स्पोट्र्स क्लबका उपाध्यक्ष भगवती साउदले भेट्रान्स खेलाडीहरूलाई खेलकुदमार्फत पुनः सक्रिय बनाउने, स्थानीयस्तरमा क्रिकेटको विकास गर्ने तथा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिईन् ।

प्रतियोगिताको मुख्य प्रायोजक करियर स्टेशन एजुकेसन सर्भिस सेन्टर, काठमाडौं रहेको छ भने मुख्य प्रवद्र्धक गोदावरी नगरपालिका रहेको छ । प्रतियोगितामा सहभागि टिमहरु अत्तरिया सिटी क्रिकेट क्लव, कैनोडा लाईन्स, न्यू ग्वासी साहारा क्यापिटल्स, अनुपमा अलराउन्डर्स, बुढाबाघ, गेटा रोयल्र्स, महेन्द्रनगर व्याईज र गुलरिया बुल्स रहेका छन् ।