अत्तरियामा जारी महोत्सवको अवधी दुई दिन थप

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवको अवधी दुई दिन थप गरिएको छ ।

यसअघि महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुने भनिएकोमा दुई दिन अवधी थप गरी पुस २१ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

nisarga

सृजनशिल युवा क्लबको आयोजनामा अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा चलिरहेको महोत्सव यहि पुस २१ ग्तेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

दर्शकको माग अनुसार महोत्सवको अवधी थप गरिएको क्लबका अध्यक्ष नर राईले बताएका छन् । महोत्सवको पुस ९ गते एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका थिए ।

महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निशुल्क गरिएको छ ।

महोत्सवमा आज नायक पल शाहलगायतको प्रस्तुती रहनेछ ।